Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालले किनेको चिकित्सा सामग्री लिन निगमको वाइडबडी क्वाङचौ जाने


कोरोना भाइरस संक्रमण रोकथामको लागि आवश्यक सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज भोलि (शनिबार) चीनको क्वाङचौ जाने भएको छ। कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार चीन पठाउन लागिएको नेपाल वायुसेवा निगमले जानकारी दिएको नेपाल खबर अनलाइनले लेखेको छ।

निगमकी प्रवक्ता अर्चना खड्काले वाइडबडी जहाज नै चीन जाने बताउनु भएको हो।’कति बजे जाने भन्ने चीनबाट अझै अनुमति आएको छैन’, उहाँले भन्नुभयो, ‘तर वाइडबडीमार्फत आवश्यक सामग्री ल्याइने हामीलाई जानकारी गराइएको छ।’त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पनि वाइडबडी भोलि नै चीन जाने बताउनुभयो।

वाइडबडीले ल्याउने सामग्री चीनले अनुदानमा दिएको नभई नेपाल सरकार आफैँले खरिद गरेर ल्याउन लागेको हो। कोरोनाको उपचारका लागि आवश्यक पर्ने किट तथा डाक्टरहरुले लगाउने सुरक्षा कवचको अभाव रहेको छ। यसैबीच, चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!