Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने


नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन तयार रहेको चीनले जनाएको छ। नेपाली सेनाले खरिद गर्ने स्वास्थ्य सामग्रीको सूची अनुसारका सामग्री आफूसँग उपलब्ध रहेको र नेपाललाई दिन सकिने भन्दै चीनले पत्र पठाएको नेपाल खबर अनलाइनले लेखेको छ।

गत बुधबार नेपाली सेनाले परराष्ट्र मन्त्रालयमार्फत नेपाललाई आवश्यक स्वास्थ्य सामग्रीको सूचीसहित ५ देशमा पत्राचार गरेको थियो। ती देशमध्ये चीनले मात्रै सामग्री दिन सकिने बताएको हो। भारतले हालसम्म कुनै प्रतिक्रिया नदिएको कोरोना क्राइसिस म्यानेजमेन्ट समितिको शुक्रबारको बैठकमा जानकारी गराएको एक सदस्यले बताए। सिंगापुरबाट पनि कुनै प्रतिक्रिया आएको छैन।

दक्षिण कोरिया र इजरायलले तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने बताएका छन्। सीसीएमसीका सदस्यलाई सेनाले सामग्री खरिदका विषयमा शुक्रबार ब्रिफिङ गरेको छ।

Insert your Ads code here

सेनालाई चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि आवश्यक तयारी गर्न सीसीएमसीले अनुमति दिएको छ। यसअघि चैत १६ गतेको मन्त्रिपरिषद्ले नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयले टेन्डर प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता र गुणस्तरहिन सामग्री ल्याएपछि ठेकेदार कम्पनी ओम्नीसँगको सम्झौता नै रद्द गरिएको थियो। तर सीसीएमसीमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठकै संयोजकत्वमा स्वास्थ्य सामग्री व्यवस्थापन समिति गठन गरेर प्रक्रिया अगाडि बढाइएको छ। त्यसअघिको निर्णयमा भने स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने मात्रै भनिएको थियो। स्वास्थ्य सेवा विभागले समेत ३० गतेसम्मको म्याद राखेर स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!