Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर


नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर ( करिब एक लाख ३१ हजार रुपैयाँ) पुगेको छ । सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस्तो आकडामा पुगेको हो। गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो। करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ। यो वर्ष प्रतिव्यक्ति आय ७.५ प्रतिशतले बढेको छ।

यस वर्ष २.३ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिँदा प्रतिव्यक्ति आयमा समेत यसको प्रभाव देखिएको छ। नेपालले विगत तीन वर्षदेखि ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हात पारिरहेको थियो ।कोरोना भाइरसको संक्रमण र त्यसबाट बच्न लिइएको लकडाउन नीतिले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्र सीमित रहने भएको छ । फागुनपछि अर्थतन्त्रमा कोरोनाको प्रभाव देखिन थालेको थियो । जसले आर्थिक वृद्धिदरमा नराम्रो धक्का पुग्ने सरकारी तथ्यांकले देखाएको अनलाइनखबरले जनाएको छ।

यस वर्ष उर्जा क्षेत्रको बिस्तार सन्तोषजनक छ । तर, कोभिड १९का कारण आपूर्तिमा आएको अवरोध र उत्पादनमा भएको कमीले वृद्धिदरमा प्रभाव पारेको विभागको विश्लेषण विभागको छ ।सेवा क्षेत्रअन्तर्गत खुद्रा व्यापार, होटेल तथा रेष्टेरेन्ट, यातायात, संचार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन र रक्षासमेत पर्छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!