Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालीमाथि पताल लोकमा गरिएको असभ्य भाषाको प्रयोगबारे सिक्किमको सांसद इन्द्रहाङ सुब्बाले गरे प्रतिवाद


गान्तोक, 25 मई। सिक्किम लोकसभाका सांसद इन्द्र हाङ सुब्बाले केन्द्रीय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरलाई अमाजन प्राइममा विवादास्पद पाताल लोक वेब सिरिजको भिडियोको बिरूद्ध कारबाहीको माग गर्दै पत्रचार गरेका छन्।

अमाजन प्राइम भिडियोमा प्रचारित भइरहेको “पाताल लोक” को दोस्रो एपिसोडमा नेपाली बोल्ने समुदायको विरूद्धमा बोलेको असभ्य भाषाको बारेमा विरोध गरिएको छ। उनले भनेका छन्, भारतीय संविधानको आठौं अनुसूचिमा सूचीबद्ध २२ वटा भाषाहरू मध्ये एक हो नेपाली भाषा जुन भारतको डेढ करोड़ मानिसहरूको मातृभाषा हो। यसैले श्रृंखलाको विशेष दृश्यमा बोलिएको अपमानजनक र आपत्तिजनक शब्दले नोपालीभाषी समुदायको भावनालाई मात्र चोट पुग्यो भन्ने छैन तर विशेष गरी यो समयको पूर्वोत्तर क्षेत्रका मानिसहरुमा समुदायका मानिसहरुमा जातीय र नश्लिय भेदभाव चरम व्यवहारको उदाहरण पनि प्रस्तुत गरेको छ। उनले भनेका छन् कोविड 19 को महामारीको कारणले पहिले नै नश्लीय आक्रमण सहँदै आएको छ। शान्तिपूर्ण चरित्र र नेपाली भाषी जनसंख्याको नम्रतामाथि चोट पुगेको छ भने यो यौनजन्य टिप्पणीले उक्साएको छ। यो पूर्णतया आपत्तिजनक र अत्यन्त निन्दनीय छ।


उऩले भनेका छन् धेरै नेपाली बोल्ने गोरखा जवानहरूले हाम्रो महान् राष्ट्रको रक्षा गर्न प्रतिबद्ध रहेको भए पनि नेपाली भाषी गोरखाको पहिचान र छविलाई यस प्रकारको असंवेदनशील र गैरजिम्मेवारपूर्ण अपमानजनक बयानले चोट पुऱ्याएको छ। उऩले भनेका छन् सिक्किम संसदीय क्षेत्रबाट 17 औं लोकसभामा सांसद भएको हुँदा यहाँ बहुसंख्यक जनताको मातृभाषा नेपाली भएकोले म हामी विरुद्ध प्रयोग गरिएको असभ्य भाषाको घोर निन्दा गर्दछु।

Insert your Ads code here

यस सम्बन्धमा आफूले केन्द्रीय सूचना तथा प्रसारण मन्त्रीलाई पत्र पठाएको र तुरुन्त कारबाही गर्न अनुरोध गरेको बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!