Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली कथानक चलचित्र जिउँदोको प्रिमियर सम्पन्न


गान्तोक, 16 फरवरी। सम्पूर्ण नेपाली भाषीको फिल्म बनाउनुपर्छ भन्ने सोच लिएर अलमिस्ट प्रोडक्सन प्रालीको प्रस्तुती नेपाली कथानक चलचित्र जिउँदो-को पहिलो प्रिमियर राजधानी गान्तोकको मनन केन्द्रमा सम्पन्न भयो। नेपाली भाषीको कतिपय लोक विश्वास र मिथककथालाई समेत समेटेर कथा बुनिएको जिउँदोको पहिलो प्रिमियरमै सिक्किमेली दर्शकहरूको मन जित्न सफल भएको छ। मनन केन्द्रमा दुइवटा प्रदर्शन राखिएको थियो जसमा दर्शकहरूले खुबै रूचाएको मन्तव्य गरे। निर्देशक, मुख्य अभनेता तथा स्क्रीनप्ले सम्म रहेका अल्मिस्ट सुब्बाले भने, मैले नयाँ कथामाथि काम गर्न चाहेको थिएँ त्यसैले कथा नयाँ छ विश्वमै छैन होला या त भए पनि कता कता मात्र होला । नेपाली युनिक स्टोरी बनाउने सोचे त्यसलाई अन्तरराष्ट्रिय दर्शकहरूलाई पनि आकर्षित गर्ने को निम्ति गरेका छौ सबैले एकपल्ट हेर्नुपर्छ जस्तो लाग्छ। यसैगरि काममा सबै सन्तुष्ट हुँदैन तर काम गरेकोमा म सन्तुष्ट छु र प्रणिसाको कलाकारिता राम्रो छ। नायिका श्रद्धा शर्माले भनिन् प्रथम अभियन गर्दा राम्रो हुन्छ कि हुँदैन भन्ने लाग्छ तर राम्रो भएको छ। सबै राम्रो भएकोछ त्यसै सन्तुष्ट छु। अर्की नायिका प्रणीसा गहतराजले सबैको टीम वर्कले काम प्रशंसानीय रहेको बताइन्। अर्कोतिर फिल्मको राम्रो पक्ष भनेको भारत र नेपालको कलाकारहरू यसमा समावेश गरेर दुवै देशलाई नेपाली भाषा मार्फत जोड्ने प्रयास गरिएको जस्तो भान पर्छ। यसैगरि भारतको कालेबुङ, सिक्किम, दार्जीलिङ र नेपालको धरान, काठमाण्डौं आदि क्षेत्रमा छायाङ्कन गरेर उक्त ठाउँहरूको सुन्दरतालाई समेट्ने काम गरेको पनि बताइएको छ। मार्चको पहिला सप्ताहदेखि सिक्किम र उत्तर बङ्गालको सिनेमा घरहरूमा फिल्म लाग्नेछ। यसैगरि नेपालको सिनेमा घरहरूमा पनि चाँडै रिलिज गरिने अनि अन्तरराष्ट्रिय मञ्चमा पनि पुऱ्याउने लक्ष्य रहेको बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!