नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ को वडा भेला शनिबार सम्पन्न भएको छ। नेपाली काँग्रेसकाे स्थानीय कमिटी खजुरामा निकै सक्रिय देखिएको छ। नेकपाकाेे स्थानीय नेतृत्व सरकारकाे शक्तिले फुलेल भएको भन्दै नेकपाका केही कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेपछि नेपाली काँग्रेस स्थानीय कमिटी हाैसिएकाे छ।
बाँकेको खजुरामा नेपाली कांग्रेस वडा अध्यक्ष बल बहादुर केसीको सभापतित्व तथा जिल्ला सदस्य केदार गिरी, क्षेत्र नं–३ का कोषाध्यक्ष नर बहादुर खड्का, माहाधिवेशन प्रतिनिधि गगन बि.क लगायतको उपस्थितिमा वडा भेलामा गरिएको हो।
भेलामा बोल्ने वक्ताहरुले कांग्रेसको वडा तहदेखि जिल्लास्तरसम्म जागरण अभियान संचालन गर्नुपर्नेमा जोड दिएका छन्। दुई तिहाईको दम्भ बर्तमान सत्तापक्षलाई भइरहेकाले कांग्रेसलाई बलियो बनाउन जागरण अभियानको आवश्यकता रहेकोमा वक्ताहरुले जोड दिएका हुन।
Insert your Ads code here
भेलामा क्षेत्रीय प्रतिनिधि मिना दहाल, सुरेश बानिया, मोहन लामिछाने, खजुरा वडा नं–३ का कांग्रेस वडा अध्यक्ष शिवराज देवकोटा, सचिव तुलाराम गिरी र भुपु सैनिक जिल्ला अध्यक्ष भिम राना लगायत ९० बढि व्यक्तिहरुको उपस्थिति रहेको थियो।