जर्मनी, अमेरिकालगायत मुलुकका चिया खरिदकर्ताले बगान र कारखानासम्मै पुगेर चिया माग गर्ने गरेपनि यो पटक भने कोभिड–१९ का कारण विश्वभर छाएको सन्त्रासले कुनै पनि चिया खरिदकर्ता बगान आउन सकेनन् । जसको प्रत्यक्ष प्रभाव पश्चिमा देशमा निर्यात हुने चियामा परेको छ ।
यसअघिको तुलनामा यो वर्ष ४० प्रतिशतले चियाको अन्तर्राष्ट्रिय बजारमा गिरावट आएको छ । नेपाली चिया निर्यात हुने देशमा पनि कोरोनाका कारण लकडाउन हुनु, हवाईमार्गमार्फत नेपाली चिया त्यहाँ पुर्याउन नसक्नु जस्ता कारणले निर्यातमा समस्या देखिएको उद्यमीहरू बताउँछन् । नेपाली चियालाई विश्व बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले चिया तथा कफी विकास बोर्ड र हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन (होड्पा) ले लोगोसमेत तयार पारेर प्रचार भइरहेका बेला कोरोनाको प्रभावले चिया बजारमा समस्या भएको कान्तिपुरले लेखेको छ।
लकडाउनको सुरुवाती केही साता कारखाना बन्द हुँदा हरियो चियापत्ती टिपाइ हुन सकेन । त्यसपछि कारखाना सञ्चालन भए पनि इन्धन, कर्मचारी अभाव जस्ता कारणले लामो समय नै कारखाना पूर्ण क्षमतामा चल्न सकेको थिएन । सुरुवातमा भारतीय बजारमा नेपाली चिया निर्यात नभए पनि पछिल्लो समय सहज बन्यो ।
Insert your Ads code here
इलामसहित पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने वार्षिक ६० लाख किलो तयारीमध्ये करिब ५ लाख किलो चिया युरोपेली तथा अमेरिकी देशमा जाने अनुमान छ । तर यो वर्ष ४० प्रतिशतले कम मात्र निर्यात हुने गोर्खा टी इस्टेटका सञ्चालक उदय चापागाईं बताउँछन् ।