Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली भूमी चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिन प्रतिवद्ध छाैं: गृहमन्त्री थापा


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिने प्रतिवद्धता चीन समक्ष गर्नुभएको छ।

चीन भ्रमणमा रहेका मन्त्री थापाले चीनका सार्वजनिक सुरक्षा मन्त्री चाअाे खचीसँग छलफलका क्रममा थापाले नेपाली भूमी चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएकाे हो।

यस्तै थापाले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगले निरन्तरता पाउने अपेक्षा गरेको पनि बताउनु भएको थियो।

थापाले सुरक्षा सहयोग, मानव संसाधनको विकास र विपद राहतप्रति चीनको निरन्तर सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभएको थियो।

उहाँहरुबीचको छलफल नेपाल र चीनको सहयोगलाई विस्तार गर्दै सीमा अपराध नियन्त्रण, क्षमता विकास लगायत विलषयमा केन्द्रीत रहेको चीनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Insert your Ads code here

मन्त्री थापा यही पुस २५ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!