Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्न स्पेनसँग आग्रह


सरकारले नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्न स्पेनसँग आग्रह गरेको छ।

स्पेनको एक्स्ट्रमुरा क्षेत्रीय सरकारको संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डा नेतृत्वको टोलीले बिहीबार आफूसँग गरेको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कामदार आदानप्रदानमा सहकार्य गर्न चाहेको बताउनुभयो।

नेपाल र स्पेनमा धेरै विषयमा समानता रहेको टिप्पणी गर्दै उहाँले नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व वृद्धिका लागि सहयोग गर्न आग्रह गर्नुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

Insert your Ads code here

सो अवसरमा स्पेनी मन्त्री रेन्डोन्डाले नेपाली युवालाई रोजगारीको अवसर दिन आफूहरु अत्यन्त सकारात्मक रहेको बताउनुभयो।

स्पेनलाई नेपाली युवाको आकर्षक गन्तव्य बनाउन सकिए दुवै देशको सम्बन्ध अझ प्रगाढ हुने उहाँको भनाइ थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!