आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् रियालिटी सो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन्। अमेरिकन आइडलको १८ औँ सिजनमा उनी उपविजेता बन्न सफल भएका हुन्। विजेता भने २१ वर्षकी जस्ट साम बनेकी छन्। आज भएको फाइनल राउन्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका नेपाल खबर अनलाइनले लेखेको छ।
यसअघि दिवेशलाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो तर टप २ मा पुगेका उनी पर्याप्त भोट नआएपछि उपाधि जित्नबाट भने वञ्चित भएका हुन्। तर पनि दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन्।
काठमाडौंमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन्। कन्सासको विचिटामा बस्ने दिवेश २ वर्षदेखि संगीतको क्षेत्रमा छन्।
Insert your Ads code here
उपाधि विजेता जस्ट सामको वास्तविक नाम समन्था डियाज हो। न्युयोर्क निवासी उनी लाइबेरियन मूलकी अश्वेत गायिका हुन्। मिडल स्कुलदेखि नै न्युयोर्कमा सब–वे र ट्रेनमा गाउने उनलाई सानो छँदै आमा जेल परेकाले हजुरआमाले हुर्काएकी हुन्। सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो।