Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली राजदूत र भारतीय अधिकारीहरूबीच सीमा समस्याबारे छलफल


भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नेपालसम्बन्धी नीतिमा विशेष प्रभाव राख्ने दुई उच्च भारतीय अधिकारीसँग भेट्नुभएको छ। आचार्यले शुक्रबार भारतका नयाँ विदेश सचिव हर्षवर्द्धन शृगंला र त्यसअघि बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेट्नुभयो जो नरेन्द्र मोदी नेतृत्वको सरकारमा नेपालसम्बन्धी विषयमा अहं भूमिका खेल्ने अधिकारी मानिन्छन्।
शुक्रबार भारतको विदेश मन्त्रालयमा भएको शिष्टाचार भेटमा आचार्य र शृगंलाबीच द्विपक्षीय विषयमा पनि संक्षिप्त छलफल भएको स्रोतले बताएको छ ।

राजदूत आचार्यले नेपाल र भारतबीचको सीमासम्बन्धी विवाद समाधानका लागि प्रस्तावित विदेश सचिवस्तरीय बैठक चाँडै राख्नुपर्नेमा जोड दिनुभयो। तर, सचिव शृगंलाका तर्फबाट भने त्यस विषयमा प्रस्ट जवाफ नआएको स्रोतको भनाइ छ । भारतले करिब ३ महिनाअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी ढंगले नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि सिर्जित विवाद समाधानका लागि नेपालले परराष्ट्र सचिवस्तरीय बैठकका लागि जोड दिँदै आएको छ । त्यसका लागि नेपाल सरकारले औपचारिक रूपमा पत्राचारसमेत गरेको थियो । भारतले करिब दुई महिनापछि बैठकका सम्बन्धमा सकारात्मक जवाफ पठाएको थियो। कान्तिपुर अनलाइनका अनुसार भारतले बैठकका लागि सकारात्मक रहेको बताए पनि निश्चित समयबारे भने प्रस्ट जवाफ दिएको छैन। त्यसैगरी राजदूत आचार्यले मोदी सरकारका अर्का प्रभावशाली अधिकारी राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलसँग पनि भेट गरी नेपाल र भारतबीचका समग्र विषयमा छलफल गर्नुभएको थयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!