Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली शब्दकोशमा कोरोना सम्बन्धी १२ शब्द थपिने


कोरोना भाइरस (कोभिड –१९) को संक्रमण देखिएसँगै धेरै मुलुकले ‘लकडाउन’ को घोषणा गरे। नेपालमा लकडाउनको सट्टा ‘बन्दाबन्दी’ शब्दको प्रयोग गर्नेहरू पनि छन्। सरकारका प्रवक्ता पनि सार्वजनिक रुपमा लकडाउन शब्दको प्रयोग कमै मात्रामा गर्छन्। कोरोना भाइरसको महामारीसँगै लकडाउन मात्र होइन, सोसल डिस्टेन्सिङ, ह्युमन क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ जस्ता शब्दहरू धेरै प्रयोगमा आएका छन्।

यसैबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लकडाउन शब्दको अर्थ बन्दाबन्दीले नबोक्ने बताउनुहुन्छ। बन्दाबन्दीसँगै लकडाउन जस्ता केही प्राविधिक शब्दहरू शब्दकोशमा राख्ने तयारी भइरहेको उप्रेतीले जानकारी दिनुभयो। अनलाइनखबरका अनुसार केही प्राविधिक शब्दहरूलाई जस्ताको त्यस्तै राखिनेछ। कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी १२ शब्द थप गर्ने तयारी भइरहेको पनि उप्रेतीले जानकारी दिनुभयो।

कुलपति उप्रेतीका अनुसार एक लाख वटाभन्दा धेरै शब्दसहित शब्दकोश पुनर्मुद्रणको तयारी भइरहेको छ। लकडाउन सकिए लगत्तै सो शब्दकोश मुद्रणमा जाने उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार लकडाउन, बन्दाबन्दी, सोसल डिस्टेन्सिङ, क्वारेन्टाइन वा ह्युमन क्वारेन्टाइन, कन्ट्याक ट्रेसिङ, पीपीई लगायतका १२ शब्दहरू प्रकाशोन्मुख रहेको प्रज्ञा बृहत् नेपाली शब्दकोशमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!