Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाली सेनाले खरिद गरेको थप स्वास्थ्य सामग्री क्वाङचौबाट प्रस्थान


नेपाली सेनाले खरिद गरेका थप ९०० क्युविक मिटर स्वास्थ्य सामग्री बोकेका ट्रक चीनको क्वाङचौबाट नेपालतर्फ प्रस्थान गरेका छन्। शुक्रबार ३०० क्युबिक मिटर सामग्रीका कन्टेरनर बोकेका ट्रक क्वाङचौबाट नेपालतर्फ बाटो लागेको र अरु ६०० क्युबिक मिटर पनि टुंगो लागिसकेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

यसअघि वैशाख २२ गते १०० क्युबिक मिटर र २४ गते १३० क्युबिक मिटर सामग्री बोकेका ट्रक क्वाङचौबाट नेपाल आउने क्रममा बाटोमा रहेका छन्। अत्यावश्यक स्वास्थ्य सामग्री हवाइमार्ग र बाँकी स्थलमार्गबाट ल्याउने भनिएपनि क्वाङचौ विमानस्थलमा स्वास्थ्य सामग्री ढुवानी गर्ने अरु देशको समेत चाप बढी हुँदा ढिलाइ भइरहेको छ।

सेनाले क्वाङचौमा भीड बढी हुने भएपछि चाङ्सा विमानस्थलमा सामग्री जम्मा गरिदिन आग्रह गरेको थियो। तर सिनोमार्फाले क्वाङचौमा सामग्री संकलन गरिसकेकाले त्यहीँबाट ल्याउने प्रक्रिया अगाडि बढेको हो। क्वाङचौमा सामान ढुवानीकर्ता कम्पनीले वायरहाउस स्थापना गरिसकेको छ। ढुवानीकर्ता र सिनोफार्मा कम्पनीको समन्वयमा भन्सार प्रक्रिया सुरु गर्न आवश्यक कागजात मिलाउने काम भइरहेको छ। क्वाङचौस्थित वायरहाउसमा स्वास्थ्य सामग्री संकलनको काम भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो।

Insert your Ads code here

भन्सार प्रमाणिकरणका लागि २५ गतेबाटै लेवलिङको काम सुरु भइसकेको छ। लेवलिङको काम सकिएपछि प्रमाणिकरण सुरु हुनेछ। भन्सार प्रक्रिया पूरा गर्न ५ दिनसम्म लाग्न सक्ने चीनले सेनालाई जानकारी गराएको छ। पहिलेभन्दा अप्रिल १० बाट चीनले भन्सारमा थप कडाइ गरेको छ। भन्सार प्रक्रिया चाँडो पूरा गरिदिन प्रधानसेनापति, बेइजिङस्थित सैनिक सहचारी र परराष्ट्र मन्त्रालयले चीनसँग आग्रह गरेका छन्।

शनिबार र आइतबार सरकारी बिदा भएकाले भन्सार प्रमाणिकरणको काम रोकिएको छ। २९ गते सोमबारबाट भन्सारको काम पुनः सुचारु हुने सेनाले जनाएको छ। भन्सार प्रक्रिया सम्पन्न हुनासाथ नेपाल एयरलाइन्सबाट करिब ३७ टन स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी छ। सामग्री ढुवानीका लागि सेनाले दुई वटा उडान चार्टर गरिसकेको छ। तर भन्सार प्रक्रियामा ढिलाई हुँदा सामग्री ढुवानीका लागि जहाज कहिले पठाउने भन्ने टुंगो छैन।

सरकारले गत चैत १६ गते नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो। सेनाले जीटूजी प्रक्रियामार्फत ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको छ। जसका लागि २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ तिरिसकेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!