सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा पुगेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो।
शनिबारसम्म काठमाडौँ पठाउने तयारी भएको उहाँले बताउनुभयो। गोरखापत्र अनलाइनका अनुसार सेनाले जीटुजी प्रक्रियामार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो। केही सामान विमानमार्फत ल्याइने जनाइएको छ।