Loading... आजः शनिबार , चैत्र १, २०८१

नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि धराैटी जफत गर्ने तयारी


नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि सरकारले समय मै किसानसमक्ष मल नपुर्‍याउने शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टीपल कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी जफत गर्ने तयारी गरेको छ।

आज बिहान कृषि सामग्री कम्पनी लिमिटेडको बैठकले शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टीपललाई समयमा मल नल्याएको भन्दै धरौटी जफत र कालोसूचीमा राख्न सिफारिस गरेको हो। कृषि सामग्री कम्पनी लिमिटेडको दुई कम्पनीको पाँच-पाँच करोड धरौटी जफत गर्ने सिफारिस पछी आज नै कृषि मन्त्रालयले औपचारिक निर्णय गर्ने बताइएको छ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एक वक्तव्य जारी गर्दै देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठेकदारलाई कारबाही गर्ने र त्यो वेला राज्यका संचालकहरुले नेपाल कम्युनिष्ट पार्टीलाई कानुन हातमा लियो, आतंक मच्चयो, लोकतन्त्रलाई चुनौति दियो लगायतका तथानाम आरोपहरु लगाउन नपाउने चेतावनी दिएका थिए। नेकपाको सो चेतावनी आएको भोलिपल्टै सरकारले ति कम्पनीको धरौटी जफत गर्दै कालोसूचीमा राख्न लागेको जनखबर डटकमले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!