राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले झापाको दमकमा निर्माण हुने नेपाल–चीनमैत्री औद्योगिक पार्क नेपालमा नै सबैभन्दा ठूलो विदेशी लगानीको हुने बताएका छन्।
दमक नगरपालिकामा औद्योगिक पार्क निर्माण परियोजनाबाट क्षतिपूर्ति पाउने गरी प्रभावितका लागि आयोजित वित्तीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो नेपालका लागि नै अनौठो अवसर र दमकका लागि त सबैभन्दा ठूलो सपना नै रहेको बताए। उनले यसै भएका हुँदा स्थानीय तह र सरोकारवाला सबैले यस अवसरलाई उचित सदुपयोग गर्न सहयोग गरी लगानीमैत्री वातावरण निर्माण गर्न आह्वानसमेत गरे।
उपाध्यक्ष कँडेलले सुरुमा सुन्दा त आफूलाई नि पत्यार नलागेको तर औपचारिक सम्झौताका काम अघि बढेपछि भने यसलाई नेपालका लागि ठूलो अवसरका रूपमा लिएको उल्लेख गरे।
Insert your Ads code here
चीन सरकारले औद्योगिक पार्क निर्माणका लागि कुल ६५ अर्ब लगानी गर्ने गरी सम्झौता भएको छ। दमक, गौरादह नगरपालिक र कमल गाउँपालिकाको कुल २१ सय बिघा क्षेत्रमा वातावरणमैत्री औद्योगिक पार्क निर्माण गरिने भएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन्।