एक अाैपचारिक समारोहबीच नेपाल-चीन पारस्परिक सहयोग समाज र सुइनिङ्ग चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्ध गाँसेेेेेकाे तीन बर्ष पुरा भएको छ।
नेपाल-चीन पारस्परिक सहयोग समाज र सुइनिङ्ग चेम्बर अफ कमर्स लामो समयदेखि अापसी हितमा अाधारित भइ सम्बन्ध बढाउन सहमत भए पनि अाैपचारिक सम्बन्ध स्थापना भएको थिएन। नेपाल बुद्धकाे जन्मस्थल हो भने सुइनिङ्ग क्वानयिङ्ग बुद्धकाे भूमि हो। सुइनिङ्गले छाेटाे समयमा नै निकै प्रगति गरिसकेको छ। सुइनिङ्गले अाफुलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विभिन्न देशका समान उद्देश्य भएका संघसंस्थासँग भगिनी सम्बन्ध स्थापना गर्दै ती देशहरूमा व्यापार, चिनियाँ लगानी र बुद्ध धर्मको माध्यमबाट सामाजिक सम्बन्ध अभिवृद्धि गरिरहेको छ। ईटालीपछि नेपालसँग पनि तीन बर्ष अघि अाजकाे दिनमा अाैपचारिक सम्बन्ध गाँसिएको हो।
दुई संस्थाबीच सम्झौता गर्ने क्रममा नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष श्री प्रेम सागर पाैडेलले सहमतिमा हस्ताक्षर गर्दै नेपाल र चीनबीचकाे ऐतिहासिक सम्बन्ध र अागामी दिनमा सहकार्य गर्न सकिने विषयमा बाेल्नुभएकाे थियोे भने यसैगरी सुइनिङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष मि. वाङ्गले नेपाल र सुइनिङ्गबीचकाे सम्बन्ध बिस्तार र विकासका काममा अापसी सहयोगका माध्यमबाट सँगसँगै अगाडि बढ्न सकिने बताउनु भएको थियो। यसबीचमा दुवैपक्षका बीच विभिन्न सहयोग र विचारको अादानप्रदान भएको छ भने यसबर्ष काठमाडौं र चीनको छङ्दुमा कार्यालय खाेल्ने तय भइसकेको भए पनि काेराेनाकाे महामारीको कारणले स्थगित भएको छ।
यी दुवै संस्थाले सामाजिक, अार्थिक, साँस्कृतिक, धर्म, शिक्षा र व्यापार तथा लगानीका माध्यमबाट अगाडि बढ्न साथै एकअर्काको देशमा अाफ्नाे शाखा खाेल्न सहमत भएका छन्।