Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी खुल्ला हुन बाँकी


नेपाल सरकारले चैत्र १२ गते नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी खुल्ला गर्ने निर्णय गरेको थियो। पर्सिपल्ट भन्सार विभागले नाकामा जाँचपास सुरु गर्ने जानकारी दियो। तर, सरकारले नाका खुल्ला गर्ने निर्णय गरेको १० दिन बित्दा पनि आयात–निर्यात ठप्प छ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले चैत्र १२ गते चीनतर्फको नाका खोल्ने निर्णय गरेको थियो। उक्त बैठकको निर्णय नम्बर एकमै ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फको रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात सुचारु गर्ने ‘ उल्लेख थियो।

तर, सरकारले निर्णय गरेको १० दिन बित्दा पनि स्वास्थ्य तथा कृषि मन्त्रालयको कुनै पनि टोली क्वारेन्टाइन सम्बन्धी प्रोटोकलसहित नाका क्षेत्रमा नपुगेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो। अनलाइनखबरका अनुसार गृह र अर्थको सबै तयारी र समन्वय सकिएपनि स्वस्थ्य र कृषिको कोही पनि प्रतिनिधि अहिलेसम्म सम्पर्कमा नआएकाले नाका नखुलेका हुन्।

Insert your Ads code here

कोरोना रोकथामका लागि अपनाइने स्वास्थ्यसम्बन्धी तयारीको पूर्वाधार र मालवस्तु तथा नाका भएर आवात–जावत गर्ने मान्छेको क्वारेन्टाइनसम्बन्धी सबै अधिकार भएका दुईवटा मन्त्रालयकै प्रतिनिधि नाका क्षेत्रमा नपुग्नु नै नाका सुचारु हुन नसक्नुको मुख्य कारण भएको प्रजिअ भण्डारीले बताउनुभयो।

रसुवाका प्रजिअले कृषि र स्वास्थ्यको टोली सम्पर्कमा नरहेको दाबी गरे पनि कृषि मन्त्रालयले भने आफ्नो टोली रसुवामा यथावत रहेको दाबी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुवै नाकामा स्वास्थ्य प्रोटोकलको कामका लागि समन्वय भइरहेको जानकारी दिनुभयो।

यसैबीच तातोपानी नाकामा सबै पूर्वाधार र तयारी सकिएको सिन्धुपाल्चोकका साहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो। ‘तातोपानीका प्रमुख भन्सार अधिकृतसंग शुक्रबार हाम्रो छलफल भएको थियो, सबै तयारी पूरा भएको छ, चिनियाँ पक्षले समय मागेका छन्’ सहायक प्रजिअ खनालले भन्नुभयो।

शनिबार बिहानसम्म पनि दुवै नाकाबाट भन्सार जाँच पास नभएको भन्सार कार्यालयहरुले जनाएका छन्। नाकामा अर्थ र गृहमन्त्रालय अन्र्तगतको सबै तयारी पूरा भएको रसुवाका प्रमुख जिल्ला अधिकारी भण्डारी बताउनुहुन्छ। तर रसुवा नाकाबाट सामान आउन नपाएको १० दिन मात्र हैन, दुई महिना बितिसकेको छ। यसबाट व्यापारीहरू भने मर्कामा परेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!