Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल–चीन बीचको ११ नम्बर पिलर ५८ वर्षपछि भेटियो


उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको अनलाइन खबरले लेखेको छ।

सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको छ।

‘प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोलीसँग मेरो कुरा भएको छ,’ गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो, ‘टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ रहेछ।’

Insert your Ads code here

११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो। सुरक्षाकर्मीको टोलीले त्यसको खोजीलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो। सुरक्षाकर्मी र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खोजबिनले हराएको पिल्लर फेला परेको अध्यक्ष तामाङले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोली अझै सीमा क्षेत्रबाट फर्किएको छैन। सीमास्तम्भ भेटिए पनि चीनले निर्माण गरेका सीमा क्षेत्रका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको अध्यक्ष तामाङ बताउनुहुन्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!