Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल नराम्रो पासपोर्टको सूचीमा


‘द हेन्ले पासपोर्ट इन्डेक्स’ले संसारको राम्रो र खराब पासपोर्टको सूची प्रकाशित गरेको छ। सूचीमा जापानको पासपोर्ट पहिलो नम्बरमा छ। जापान अब लिडरर्बोडको उच्च स्थानमा छ। सबै प्रक्रिया पुरा गर्ने हो भने जापानी पासपोर्टले १९१ देश सजिलै पुग्न सकिन्छ। जापानको पासपोर्टले धरै देश सजिलै जान पाउने भएको कारण यो उच्च स्थानमा पर्न सफल भएको हो।

जुन पासपोर्टले अन्य धेरै देशहरुमा यात्रा गर्न सम्भव छ त्यहि आधारमा द हेन्लेले यो सूची तयार गरेको जनाइएको छ। सिंगापुरको पासपोर्ट दोस्रो नम्बर सूचीमा परेको छ। १९० देश जान मिल्ने भएको कारण सिंगापुर दोस्रो स्थानमा राखिएको हो। १८८ देश भ्रमण गर्न सकिने चौथो नम्बरमा इटाली र फिनल्यान्डको पासपोर्ट राखिएको छ। यसैगरी क्रमशः पाचौं नम्बरमा स्पेन, लक्जमर्बोग र डेनर्माक, छैंठोमा स्वीडेन, फ्रान्स (१८६), सातौं स्वीट्जरल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड, आइरल्याण्ड र अष्ट्रिया (१८५), आठौंमा अमेरिका, युके, नरवे, ग्रीस, बेल्जियम (१८४), ९औं स्थानमा न्यूजल्याण्ड, माल्टा, सिज रिपब्लिका, क्यानडा र अष्ट्रेलिया (१८३) र दसौं नम्बरमा स्लोभाकिया, लिथुनियन र हंगेरी (१८१) छन्।

सूचीमा नेपालको पासपोर्ट पनि राखिएको छ। तर नेपालको पासपोर्ट राम्रोमा नभएर नराम्रो पासपोर्टको सूचीमा गनिएको छ।
संसारको ३८ देशमा मात्र जान मिल्ने कारण नेपालको पासपोर्टलाई खराब सूचीमा राखिएको हो। खराब पासपोर्टको सूचीमा नेपाल १०१ औं स्थानमा छ। सयौं स्थानमा उत्तर कोरिया र सुडानलाई (३९) राखिएको छ। यसैगरी १०२ औं नम्बरमा लिबिया (३७), १०३ औं मा यमन (३३), १०४ औं मा सोमालिया र पाकिस्तान (३२), १०५ औं मा सिरिया (२९), १०६ औं मा इराक (२८), १०७ औं मा अफ्गानिस्तान (२६) मा छन्।

Insert your Ads code here

द हेन्ले पासपोर्ट इन्डेक्स अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट अथोरिटी (आईएटीए) ले प्रदान गरिएको डाटामा आधारित छ। एजेन्सी

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!