Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण !


इटहरीबाट प्रसारण हुने ऐरिना टेलिभिजनको कार्यक्रमका लागि कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष कुराकानी गर्न खोज्दा इटहरीका मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राजन कट्वालमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ।

नेपाल पत्रकार महासँघका महासचिव रमेश विष्टद्वारा जारी गरिएको प्रेस विज्ञप्ति :

मितिः २०७६।१२।१३

Insert your Ads code here

प्रेस विज्ञप्ति

इटहरीबाट प्रसारण हुने ऐरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष कुराकानी गर्न खोज्दा इटहरीका मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राजन कट्वालमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यस्तो परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउने वातावरण बनाउनु पर्नेमा जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो कार्य हुनु आफैंमा निन्दनीय र दुःखद् विषय हो । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!