नेपाल प्रवेश नपाएका १६३ नेपालीको सीमाक्षेत्रमा बिचल्ली
भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिहानै देखि बिचल्लीमा परेका छन।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसङ्ग सिमाना जोडिएको नेपाल-भारत सिमाक्षेत्रको दशगजामा उनिहरु अहिले उद्दारको पर्खाइमा छन।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५ नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने। ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने भनेर पहिलो बुदामै निर्णय गरेको छ।
तर, बाँके प्रशासन भने जिल्लामा छ कि छैन केहि थाहा छैन। यो बिषयमा बाँकेका सिडिओ कुमारबहादुर खड्कासङ्ग बुझ्न खोज्दा उनले फोन उठाउँदैनन। समग्र जिल्लाको जिम्मेवारी बोकेका बाँकेका सिडिओ यो संकटको घडीमा पत्रकारहरुलाई सुचना प्रवाह गर्नु त कहाँ हो कहाँ पत्रकारले फोन गर्दा समेत उनको फोन उठ्दैन।
बिचल्लीमा परेकाहरुलाई भारतीय प्रहरीले बेग्ला बेग्लै झुण्ड बनाई रातको समयमा नेपालको चोर नाकाबाट नेपाल प्रवेश गराएको बताउँछन् उनिहरु। नाका पार गरेर नेपाल प्रवेश गरेका उनिहरुलाई नेपालगन्जको विभिन्न क्षेत्रबाट स्थानिय, जनप्रतिनिधि तथा प्रहरीले समातेर त्यहाँ पुर्याएका हुन।
उनिहरुलाई बिहानको खाजा र खानाको व्यवस्था नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र वडा नम्बर १७ का अध्यक्ष अजय पाठकले गरेका थिए।
आफुले उनिहरुलाई चाहेर पनि नेपाल प्रवेश गराउन नसकेको बताउछिन नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर। उनले खाना, खाजा र पानीको व्यवस्थापन भन्दा अरु केही गर्ने आफुसङ्ग अधिकार नभएको बताईन।
उनका अनुसार यसरी बिचल्लीमा परेकाहरुमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन।
बिचल्लीमा परेका मध्येमा एक जना दृष्टिबिहिन, पाँच जना ५ बर्ष मुनिका बालबालिका र तीन महिला रहेकाेे काँचुली खबरले लेखेको छ।
विडम्बना !
फ्रान्स र जर्मनीले शुक्रबार र शनिबार आफ्ना नागरिकसहित अरु देशका समेत गरी करिब ८ सय नागरिकलाई विमान चार्टर गरेर लगे। अमेरिकाले आज ३०२ नागरिकलाई पनि विमान चार्टर गरेरै लग्यो।
भोलि चीनले उतैबाट विमान ल्याएर आफ्ना नागरिकहरुलाई लिदैछ। भोलि नै अष्ट्रेलियाले आफ्नो देशका नेपाल एयरलाइन्सको विमान चार्टर गरी लिदैछ। बेलायतले पनि छलफल गरिरहेको खबर आइरहेका छन्।
विडम्बना ! नेपाली नागरिकहरु आफ्नो देश (घर) फर्किन पाउँ भन्दै महाकाली पारि रोइरहेका छन्। महाकालीमै हाम फालेर आफ्नो देश आएकाले राज्यको पक्राउ खाए। अरु कयौं सिमानामा रोइकराई गरिरहेछन्। देशको सीमासम्म आइपुगेर घर फर्किन नपाएका यी नागरिकहरुका लागि देश हुनु र नहुनुको क्यै अर्थ रह्यो र?
हो, हामीसँग प्रश्न छ- उनीहरुसँगै कोरोना भाइरस भित्रियो भने?
यत्रो राज्य छ, राज्यका निकायहरु छन्, तीन तहको सरकार छ। सीमासम्म आइपुगेका आफ्ना नागरिकलाई कम्तीमा १४ दिन क्वारेन्टाइन राख्ने र जबर्जस्ती गर्नेलाई बलप्रयोग गरेर राख्ने व्यवस्था पो गर्नुपर्यो। घर (देश) नफर्क भन्ने ?
लकडाउन भन्दैमा ‘जहाँ छौ त्यहीँ बस’ भन्ने रेडिमेड जवाफले पुग्दैन। पराई देशको सडकमा भएका आफ्ना नागरिकलाई पनि सजिलै त्यहीँ सडकमै बस भनिदिने ?
आफ्नो देशको भूगोलभन्दा सय मिटर पर पराईको भूमिमा रोइरहेका नागरिकको आँसु देखेर पनि केही गर्ने सोंच आउदैन भने किन सत्ता, शक्ति, सरकार, प्रतिपक्ष र पार्टी भन्दै फूर्ति लगाउनु? किन देश, जनता, समृद्धि र सपनाका महाभारत पढाउनु ?
नेपालभित्र सेना परिचालन गर्ने इृण्डियन योजना
आउने नेपाली सबै ल्याउ, ईण्डियनहरु सबै पठाउ
ईण्डियन सत्ताले नाकाबन्दीमा गरेको चालबाजी पुनः दोहर्याउन खोजिरहेको छ। तालाबन्दीको समयमा ईण्डियामा बस्ने नेपालीहरुलाई सिमानासम्म ल्याएर अराजकता फैलाउने र तिब्र रुपमा काम गर्ने सुरक्षा टोली पठाउने प्रस्ताव गरेर नेपालभित्र घुस्ने त्यसको रणनीति बुझ्न कुनै समस्या छैन।
यतिबेला देश तालाबन्दीको अवस्थामा छ। ईण्डियनहरुले प्रस्ताव गरे अनुरुप त्यसको सेना वा अर्ध सैनिक बललाई नेपालमा पस्न दिने हो भने त्यो निर्वाध रुपमा नेपालभरी घुम्ने र सूचनाहरु संकलन गर्नुका साथै जासुसि गर्ने लगायतका कामहरु गर्नेछ। त्यसको बद्नियत नाकाबन्दीमा देखापरिसकेको छ।
देश आउन चाहने नागरिकहरुलाई व्यवस्थित गरेर निगरानीमा राख्नुको साटो विदेशमा रोक्ने भनेको के हो ? संसारको कुन देशले आफ्ना नागरिकहरुमाथि यस्तो दुव्र्यबहार गरेको छ ? कोरोना फैलिने तर्कका आडमा नागरिकलाई देश फर्कनबाट विमूख गर्ने अधिकार सत्तामा बस्नेहरुलाई छैन। आउने चाहिरहेका सबै नेपालीहरु ल्याउनु पर्छ र यहाँ भएका ईण्डियनहरुलाई ईण्डियाको जिम्मा लगाउनु पर्छ। यस कुरामा गल्ति गरियो भने भोलि कोरोनाको समस्या बढ्ने संकेत देखापर्यो भने आफ्ना नागरिकहरुको सुरक्षाको बहानामा ईण्डियन सेना प्रवेश गर्छ।