Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल फोटो प्रतियोगिता हुँदै


फोटो जर्नालिस्ट क्लब नेपालले फोटो प्रतियोगिताको सातौं संस्करण नेपाल फोटो प्रतियोगिता-२०७६को घोषणा गरेको छ। क्लबले आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी ‘नेपाल फोटो प्रतियोगिता २०७६’ को घोषणा गरेको हो। ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुरू भएको घोषणा गर्नुभयो।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आइतबारबाटै फोटो दर्ता गराउन थालेका छन्। आइतबारबाट सुरू भएको दर्ता प्रक्रिया माघ १७ सम्म रहने जनाइएको छ। प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउने क्लबले जनाएको छ। प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्।

सेतोपाटी अनलाइनका अनुसार खेलकुद विधाको हकमा नेपालबाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ। उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनुपर्ने मापदण्ड क्लबले बनाएको छ।

Insert your Ads code here

कार्यक्रममा ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक विमल कँडेल, शिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रवन्धक सुरज राजवाहक, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रबन्धक रमेश थापा, मनराम ग्रुपका संरक्षक मनमाया श्रेष्ठ र फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष विकास कार्की हुनुहुन्थ्यो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!