Loading... आजः आइतबार , जेठ ५, २०८२

नेपाल बैंक लिमिटेड, राजापुर शाखाको भवन शिल्यान्यास


मंसिर १० बर्दिया राजापुर
    नेपाल बैंक लिमिटेड बर्दिया जिल्ला राजापुर शाखाको बुधबार भवन शिलान्यास गरिएको छ ।
नेपाल बैंक लिमिटेड, राजापुर शाखाका शाखा प्रवन्धक निरज भट्टराईले भवनको शिल्यान्यास गर्नु भएको थियो ।

     शाखा प्रमुख भट्टराईले आज भवनको शिल्यान्यास गर्न पाउँदा खुसी व्यक्त गदै बिशेष गरी तत्कालीन बिभागीय प्रबन्धक, हाल चिफ क्रेडिट अफिसर विश्वराज बराल, तत्कालीन प्र.जि.अ.बर्दिया( हाल प्रजिअ, बाके) राम बहादुर कुरुवाङ्ग प्रति बिशेष आभार प्रकट गदै ,यस बैकलाई आफैनै भवन निर्माण गराउन सहयोग पुराउने बर्दिया उद्योग वाणिज्य संघ परिवार, राजनितीकदलका तथा जनप्रतिनिधीहरु आम ग्राहकबर्ग,स्थानिय बुद्दिजिबी, उद्योगी ब्यावशायी, कर्मचारी, सन्चारकर्मी, बैंक उच्च ब्यवस्थापन का प्रमुख लगाएत सम्पुर्णमा हार्दीक कृतज्ञता ब्यक्त गर्न चाहेको बताउनु भयो ।

       नेपालमा बिक्रम सम्वत् १९९४ कार्तिक ३० गते लक्ष्मी पुजाको दिन स्थापना भएको बैकले ८४औ एतिहासीक बार्सिकोत्सब मनाइरहेको यस पावन अवसरमा करीब बिक्रम सम्वत् २०१५ तिर राजापुर क्षेत्रमा स्थापित यस शाखाले आज आफैनै भवन निर्माण गर्न पाउँदा धेरै खुसी लागेको र बर्दिया जिल्लाको पहिलो आफैनै भवन भएको बैकको रुपमा स्थापित गर्न सफल भएको शाखा प्रमुख भट्टराईले बताउदै अब १ बर्ष भित्रै ३ तल्लाको लकर सहित सुविधा सम्पन्न भवन निर्माण सम्पन्न हुने बताउनु भयो ।

       नेपाल बैंक लिमिटेडको नेपाल अधिराज्य भरी ६४ जिल्लामा रहेका १९१ वटा शाखा १२६ वटा एटिएम तथा ३५ एक्टेन्शन काउण्टर मार्फत आम नेपालीहरुलाई बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!