Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल भारत खुला सीमा नाकाबाट आवतजावत रोक्न कडाइ


नेपाल भारत अनौपचारिक खुला नाका हुँदै नेपालीहरू भित्रिएपछि दुवैतर्फ कडाइ गर्न थालिएको छ। नेपाल–भारत दुवैतिर बन्दाबन्दीको अवधि थप गरेपछि दुवै देशका नागरिक आत्तिएका छन्। लकडाउनका कारण काठमाडौँ उपत्यकामा रहेकाहरू घर फर्किने प्रतीक्षामा छन् भने कतिपय पैदल हिँडेर घर जाने जोखिम लिइरहेका छन्। भारतमा पनि लकडाउनको अवधि बढाएका कारण थुप्रै ठाउँबाट क्वारेन्टाइनबाट निस्केर भागेका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार एक विज्ञप्ति नै जारी गरेर सीमा नाकामा सुरक्षा कडाइ गर्न माग गरेको छ। स्थानीयस्तरमा पनि सीमा नाकाबाट आउजाउमा रोक्ने प्रयास भइरहेको छ। कतै स्वयंसेवक खटिएका छन् भने कतै गाउँकै मान्छेले निगरानी बढाएका छन् तर दुवै देशमा आफन्त र चिनारु निकै भएका कारणले त्यति प्रभावकारी नहुँदा सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने उहाँको भनाइ छ।

झापामा पनि सीमा आहोरदोहोर हुँदा प्रहरीलाई चुनौती थपिएको थियो तर त्यसको अग्रसरता स्थानीय व्यक्तिले लिएको झापा सशस्त्र सीमा बलका वरिष्ठ प्रहरी उपरीक्षक रमेशकुमार थकसुले जानकारी दिनुभयो। स्थानीयले त्यसका लागि १६ वटा सीमा निगरानी समिति गठन गरेका छन्। भारतको विहार र पश्चिम बङ्गाल राज्यसँग प्रदेश १ का जिल्ला इलाम, झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्र जोडिएको छ । विहारसँग जोडिएको प्रदेश २ मा प्रदेश १ भन्दा अहिले चुनौती बढी गोरखापत्र अनलाइनमा खबर छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!