Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल–भारत पेट्रोलियम तथा ग्याँस संयुक्त कार्यकारी समूहको बैठक नयाँ दिल्लीमा बस्ने


नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्यकारी समूहको बैठक नयाँ दिल्लीमा हुने भएको छ। बैठकमा पेट्रोलियमको आपूर्ति व्यवस्था, अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको पूर्ण क्षमतामा सञ्चालन तथा नेपालमा पेट्रोलियम पदार्थको भण्डारण बिस्तारजस्ता विषय प्रखुम एजेण्डा छन्।

पुष २७ र २८ गते नयाँ दिल्लीमा हुने बैठकमा सहभागी हुन मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख एवं सहसचिव ध्रुब घिमिरे नेतृत्व टोलीको भ्रमण अनुमोदन गरेको छ।

बैठकमा अन्तरदेशीय ग्यास तथा पट्रोलियम पाइपलाइन, हाल सञ्चालनमा आएको डिजेल पाईपलाईनबाट पेट्रोल ढुवानी जस्ता विषयमा छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको अनलाइनखबरले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!