सुकेपोखरी 2 मार्च : भारत-नेपाल सीमा क्षेत्रमा पर्ने सन्दकपुर,टंगलु रेञ्ज,सिंहलिला राष्ट्रिय उद्यान संलग्न इलाकामा फेरी व्यापक हिमपात भएको कारण क्षेत्रका जनजीवन प्रभावित भएको छ।
गत हप्तादेखि लगातार बुधबारको दिनसम्म टङ्गलु तथा सिङ्गलिला राष्ट्रय उद्यानमा हिमपात भएको जानकारी प्राप्त भएको छ ।उल्लेखित क्षेत्रहरूमा भएको व्यापक हिमपातपछि टङ्गलु देखि सन्दकपुर सम्म गाडीको आवतजावत वाधित बनेको छ। बाटोमा लगभग दुई इन्च सम्म जमेको हिउँ को कारण बाटोमा गाडीहरूको आवतजावत पूर्ण रूपले बन्द भएको छ।
गत शुक्रबार देखि मानेभन्ज्याङ टङ्गलुसम्म मात्र गाडीहरूको आवतजावत सुचारु भएको छ। हिमपातको कारण स्थानीय नागरीक साथै पर्यटक गाइडहरूलाई धैरै समस्या भोग्नु परिरहेको छ ।उक्त क्षेत्रमा भएको हिमपातको कारण यता सुकेपोखरी सीमाना क्षेत्रमा अत्यधिक जाडो बडेको मौसममाझ आज सिमाना बजार संलग्न क्षेत्रहरूमा अविरल पानी परिरहेको छ।
दार्जीलिङ वरिपरिका सुकेपोखरी सिमाना,मानेभञ्ज्याङ क्षेत्रहरूमा अविराम गतिमा पानी परिरहेको छ।असिना पानी अनि हिमपातको कारण तापमानमा निक्कै गिरावट आएको सुकेपोखरी सम्वाददाता पि छिरिङले जनाएका छन्।टङ्गलु सन्दकपुर क्षेत्रमा हिमपात भएपछि स्थानीय नागारीक र पर्यटकहरू निकै उत्साहित बनेको देखिएको छ भने उल्लेखित क्षेत्रको पर्यटन केन्द्रहरूमा पर्यटकहरूले चिसो मौसममाझ पनि सेताम्मे हिमपात हेर्दै रमाइलो गरिरहेको देख्नेमा आएको छ।यता पानी झरीसंगै आज वर्षीएको असिना पानीको कारण तापमानमा निकै गिरावट आएकोले अत्यधिक जाडो बडेर गएको छ। (पी छिरिङ)