Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रीद्वारा चीनको दुइ अधिवेशनबारे चर्चा


हाल कोभिड-१९ महामारी विश्वमा फैलिरहेको छ। महामारीको प्रभावमा पछि सारिएको चीनका दुईटा महाधिवेशन मे २१ तारिख पैचिङमा शुरू भएका छन्। विश्वव्यापी चलिरहेको यस सार्वजनिक स्वास्थ्य संकटको विशेष घडीमा चीनमा भइरहेका दुई अधिवेशनमा नेपाल लगायत विभिन्न मुलुकका विविध क्षेत्रहरूले ध्यान पुर्‍याइरहेका छन्।नेपालको भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले हाम्रो रेडियोका पत्रकार वर्षासँग अन्तर्वार्तामा चीनमा भइरहेका दुई अधिवेशनबारे चर्चा गर्दै भन्नुभएको छः ‘यस पटकको अधिवेशनबाट चीनले आफ्ना हरेक गतिविधिको समीक्षा गरिरहेको छ र भावी कार्यनीति तय गर्दै आफूलाई एउटा शक्ति सम्पन्न र समृद्ध मुलुक बनाउन सफलता प्राप्त गर्ने छ भन्ने कुरामा मलाई विश्वस्त छ।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!