Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल भ्रमण वर्षका लागि प्रचार जारी रहेको पर्यटनमन्त्रीको भनाइ


संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरसको प्रकोपपछि नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट पर्यटक कम आउने भएकाले मन्त्रालयले पर्यटन मार्केटको खोजी सुरु भएको बताउनुभएको छ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री भट्टराईले भन्नुभयो,’कोरोना भाइरसको वैकल्पिक मार्केटहरूको खोजी भइरहेको छ। यसबारेमा सम्बन्धित सरोकारवाला निकायहरूसँग बस्यौँ। चीनबाट हामीले नेपाल भ्रमण वर्ष २०२० मा ५ लाख पर्यटक आउने अनुमान गरेका थियौँ। गएको वर्ष झन्डै २ लाख आएका थिए।’

चीनको विकल्पमा कहाँबाट पर्यटक ल्याउन सकिन्छ भनेर संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागको महानिर्देशकलाई फोकल पर्सन तोकिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो।

Insert your Ads code here

नेपाल भ्रमण वर्षको तयारी नपुगेको हो कि भनेर सांसदहरूले चिन्ता व्यक्त गरेका थिए। जवाफमा मन्त्री भट्टराईले मुलुकभित्र र बाहिर रहेका निकायसँग छलफल जारी रहेको बताउनुभयो। उहाँले भ्रमण वर्ष २०२० मात्रै होइन २०३० सम्मको लागि कार्ययोजना बनाउने तयारी भइरहेको बताउनुभयो। भ्रमण वर्षको लागि सरकारले साधनस्रोत र जनशक्ति बढाउने तयारी गरिरहेको बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!