Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल भ्रमण वर्ष २०२० सचिवालय बैशाख १ गते बाट विघटन गरिने


नेपाल सरकारले भ्रमण वर्ष २०२० को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ। मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारिले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँका अनुसार यो निर्णय सङ्गै भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि स्थापना गरिएको भ्रमण वर्ष २०२० को सचिवालय आगामी बैशाख १ गते देखि बिघटन गर्ने निर्णय पनि भएको छ। २०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारीक उद्द्घाटन गरेको थियो।

पर्यटनलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यका साथ सरकारले भ्रमण बर्स घोषणा गरेपनी कोरोना भाइरसको सन्क्रमणका कारण यो अभियान स्थगित गर्नुपरेको हो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!