Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपाल भ्रमण वर्ष २०२० स्थगित


सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ। ‘चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना गर्ने विषयमा छलफल भएको छ।’

यसअघि शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरेको थियो। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

Insert your Ads code here

यसैबीच स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसर पारेर आइतबार मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ठूला सभा, सम्मेलन नगर्न आग्रह गर्नुभएको हो। विश्वभरि कोरोना भाइरसको जोखिम बढिरहेका बेला मन्त्री ढकालले अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको नागरिकन्यूज डटकममा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!