Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल रङ उत्पादनमा आत्मनिर्भर


नेपाल रङ उत्पादनमा आत्मनिर्भर भएको बताइएको छ। नेपालमा वार्षिक ३० अर्ब रुपियाँ बराबरको रङको खपत हुने गरेकोमा त्यसको अधिकांश हिस्सा स्वदेशी उद्योगकै उत्पादन रहेको उद्योगीहरूले बताए। चितवनस्थित जम्सिन पेन्ट्सका प्रमुख लक्ष्मण अर्यालका अनुसार नेपालमा स्वदेशी उत्पादनबाहेक बहुराष्ट्रिय कम्पनी, भारतीय कम्पनीका रङ नेपालमा आउने गरेका छन् तर विदेशी रङ जत्तिकै गुणस्तरीय नेपाली उत्पादनका रङ रहेको दाबी उहाँले गर्नुभयो । चितवनका रङ उद्योगले वार्षिक तीन अर्ब रुपियाँ बराबरको उत्पादन गर्दै आएका छन् । नेपाली रङको बजारमा यहाँको उद्योगले जिल्लाको मागलाई पूरा गरेर देशभर नै आफ्ना उत्पादन पु¥याएको उद्योगीले जानकारी दिएका छन्।

२५ वर्षदेखि रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्सका उत्पादन देशभर रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार चितवनमा रहेका उद्योगले मात्रै वार्षिक तीन अर्ब रुपियाँ बराबरको कारोबार गरेका छन्, जुन चितवनको आन्तरिक मागको दोब्बरले बढी उत्पादन हो ।

चितवनमा नै उद्योग रहेर १९ जिल्लाभन्दा धेरै स्थानमा बिक्री गर्दै आएको एपोलो पेन्ट्सका सञ्चालक ईश्वर गौतमले चितवनका उद्योगले उत्पादन गरेको रङको बजार राम्रो रहेको र माग नेपालभर रहेको बताउनुभयो ।

Insert your Ads code here

उहाँका अनुसार नेपाली रङको गुणस्तर पनि राम्रो रहेको छ, जुन पाँचदेखि सात वर्ष टिक्छ । त्यस्तै नेपालमा रहेका ठूला साना गरी ४५ रङ उद्योगमध्ये नेपाल गुणस्तर चिह्न प्राप्त पनि रहेका छन्। चितवनमा मात्र विराज, तिरुपति, एपोलो, जस्मिनलगायत गरी एक दर्जन उद्योग रहेका गोरखापत्र अनलाइनले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!