Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल र चीनबीचको तातोपानी नाकाबाट आयत वृद्धि


स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै नेपाल र चीनबीचको तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ। गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको राष्ट्रिय समाचार समितिले लेखेको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताउनुभयो। अहिले नाकाबाट निर्वादरुपमा सामन आयत भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो।

सिन्धुपाल्चोकका विभिन्न पाँच स्थानीय तहले काठमाडौँ वा देशको जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका छन्। खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे सोधखोज गरेका हुन्।

चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले अन्य ठाउँमा समस्यामा परेकालाई नगरपालिकाले सुरक्षित रुपमा ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षणपछि घरसम्म पुर्‍याउने भएकाले अलपत्र परेका पालिकावसीलाई सम्पर्क गर्न आग्रह गर्नुभयो।

Insert your Ads code here

सिन्धुपाल्चोकमा लकडाउनको उल्लङ्घन गर्नेलाई प्रहरीले करबाही तीव्र बनाएको छ। हिजो चौतारा साँगाचोक गढी नगरपालिका चौतारा बजारमा बिना काममा घर बाहिर हिँड्ने ३३ जनालाई नियन्त्रणमा लिई डेढ घण्टा टुँडिखेलमा उभ्याइएको र सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

पाँचपोखरी थाङपाल गाउँपालिकामा गत चैत महिनादेखि विदेशबाट फर्किएका २५ जनाको द्रुत गतीमा कोरोना परीक्षण गरिएको छ। परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्मराम धितालले जानकारी दिनुभयो। बरुवा र भोताङको भोताङमा १० तथा थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप र भोटेनाम्लाङको गुन्सामा १५ गरी २५ जनाको परीक्षण गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!