Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल र चीनबीचको तातोपानी नाका सबै खाले सामानलाई खुला


खाद्यान्न र मेडिकल सामग्रीमात्रै भित्र्याउने सहमतिमा खोलिएको तातोपानी नाका बिहीबारदेखि सबै सामग्रीका लागि खुला गरिएको छ। जनप्रतिनिधि, व्यवसायी, हिमालय सीमापार वाणिज्य संघ र उद्योग वाणिज्य संघबीच बुधवार र बिहीबार भएको छलफलले सबै प्रकारका व्यापारिक सामान भित्र्याउने निर्णय गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

नाकामा स्वाथ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा दिएर सामग्री ल्याउने सहमति गरिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताउनुभयो। ‘यहाँको स्वास्थ्यको विषयलाई लापरबाही नगरियोस् भन्ने हाम्रो मुख्य सहमति हो। स्वास्थ्य प्रोटोकलको पालना गर्दै दिनहुँ १० वटा कन्टेनरबाट आवश्यक सामान आउनेछन्, ‘ पौडेलले भन्नुभयो। अब रेडिमेडबाहेक व्यापारिक सामग्रीमा किटानाशक औषधि छर्किनेलगायत सबै प्रक्रिया पुर्‍याएर मात्रै ल्याइने उहाँले सुनाउनुभयो।

स्थानीय, जनप्रतिनिधि र संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने र एक महिनामा समीक्षा गर्ने पनि सहमति भएको छ। पौडेलका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम हेल्थ डेस्कको मेडिकल सेट ल्याएर नाकामा स्वास्थ्य परीक्षण कडाइ गरिएको छ। ‘एक डाक्टर र दुई स्वास्थ्यकर्मीबाट सिसाको स्क्रिनबाट हातमात्रै निकालेर टाढाबाट परीक्षण हुनेछ,’ उहाँले भन्नुभयो। चीन–नेपाल आउजाउ गर्दा सबै विवरण लेखिएको पासको व्यवस्था गरिएको छ। ३० मिनेट कन्टेनर रोकेर डिसइन्फक्टेट स्प्रे गरिनेछ।

Insert your Ads code here

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले छलफलमा भएका सहमतिलाई आधार मानेर तातोपानी सुक्खा बन्दरगाह भन्सार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो। सबै व्यवसायी नाका खोल्न सकारात्मक देखिएकाले स्वास्थ्यलाई सावधानी अपनाउँदै नाकालाई सञ्चालनमा आएको उहाँको भनाइ छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!