Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी जोड्ने सडक ५ दिनदेखि अवरुद्ध


नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक ५ दिनदेखि अवरुद्ध भएको छ। पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडक सञ्चालनमा ल्याउन सकिएको छैन। सडक खण्डको कुलुङ क्षेत्रमा गएको पहिरो पन्छाउन नसकिएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनु भएको नागरिक अनलाइनले लेखेको छ।

‘पहिरो पन्छाउनका लागि दैनिक काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘तर ठुलो पहिरो गएकाले पन्छाउन निकै कठिन भएको छ।’ उक्त क्षेत्रमा ठुलाठुला ढुंगा समेत झरेकाले समस्या सिर्जना भएको हो।

बिहीबारदेखि पहिरो पन्छाउन प्रयास भइरहेको छ। निरन्तर वर्षा भइरहेको र पहिरो जाने क्रम नरोकिएकाले सडक सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ। पासाङ ल्हामु मार्गको बेत्रावती धुन्चे र धुन्चे स्याफ्रु खण्ड शनिबार अवरुद्ध भएको छैन।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!