नेपाल र चीनबीचको नाका तातोपानी खुले पनि तत्कालका लागि रसुवागढी नाका नखोल्ने जानकारी चीनले नेपाल सरकारलाई गराएको छ। नेपालले अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको अनलाइन खबरले लेखेको छ।
बुधबार साँझबाट आशिंक रूपमा तातोपानी नाका खुलेको छ। वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो।
नेपालले पत्राचार गरेको ९ दिनपछि परराष्ट्रलाई जवाफ पठाउँदै चीनले तत्कालका लागि तोतोपानी नाका मात्रै खोल्न सकिने जनाएको मन्त्रालय स्रोतले बतायो।’चीनले कारण नखुलाई तत्कालका लागि तातोपानी नाका मात्रै खोल्ने जवाफ पठायो, यसमा पनि अत्यावश्यक वस्तु मात्रै चीनबाट आयात गर्ने सर्त छ,’ एक अधिकारीले भने।
Insert your Ads code here
ती अधिकारीकाअनुसार, नेपाल प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै सञ्चालनको तयारीमा थियो। नेपालले आवश्यकतानुसार आयात निर्यात दुवै व्यापारका लागि नाका खोल्न चाहे पनि चीन नेपालबाट आयातमा अनिच्छुक देखिएको छ। हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै चीनले नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको तातोपानी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिनुभयो।
‘सबै तयारी पूरा गरे पनि अन्तिममा नाका नखुल्ने जानकारी प्राप्त भयो खड्काले भन्नुभयो।