Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल र चीनबीचको रसुवागढी नाकाबाट १५ दिनका लागि आवतजावतमा रोक


बुधबारदेखि केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी आवतजावतमा रोक लागाइएको छ। १५ दिनसम्मका लागि रसुवागढी नाकाबाट केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी आवतजावतमा गर्न रोक लगाएको कान्तिपुर अनलाइनले लेखेको छ।

कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्वमा परेको लामो सार्वजनिक बिदाको कारण देखाउँदै चिनियाँ पक्षले आवतजावतमा रोक लगाएको हो।

बुधबारदेखि नाकामा सवारी साधन चलेका छैनन् भने पर्यटकहरुको पनि आवत जावत नभएको सशस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म टिमुरेले बताएको छ। नाकामा दुवै देशतर्फका सरकारी कार्यालयहरु भने खुल्ला रहेका छन्। चीनतर्फको बजार पनि खुल्ला रहेको छ।

Insert your Ads code here

नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवा बासिलाई नाका पारीसम्म मात्र आउजाउ गर्न दिइएको छ। मंगलबार चिनियाँ पक्षले नै केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी आवत जावतमा रोक लगाउने जानकारी दिएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशर बहादुर राईले बताउनुभयो।’चिनियाँ पक्षले नै १५ दिनका लागि मानिस र सवारी साधन आवतजावत गर्न रोक लगाएको हो,’ उहाँले भन्नुभयो,’ नाका नै बन्द गरिएको भने होइन। ‘

मंगलबार बिहान रसुवागढी नाकामा दुवै देशका सीमा सुरक्षा अधिकारीहरुबीच भएको अनौपचारिक बैठकमा चिनियाँ पक्षले बुधबारदेखि मानिस तथा सवारी आवतजावतमा रोक लागाउने जानकारी दिएका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!