Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल र तिब्बतबीचको व्यापार वार्षिक २६.७ प्रतिशतले वृद्धि


तिब्बतको ल्हासा भन्सार कार्यालयले सन् २०१९ मा नेपालसँगको आयात निर्यात प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार जारी गरिएको प्रतिवेदन अनुसार नेपाल र तिब्बतबीचको व्यापार वार्षिक २६.७ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष नेपाल र तिब्बतबीच भएको कारोबार रकम ३.१६५ बिलियन युआन बराबर रहेको कार्यालयले जनाएको छ।

नेपाल तिब्बतका लागि सबैभन्दा ठूलो व्यापार साझेदार र निर्यात बजार हो। एकीकृत व्यापार,ल्हासा भन्सार कार्यालयका इनचार्ज चान तुईका अनुसार तिब्बतका लागि नेपालतर्फको निर्यात मात्रा २० प्रतिशतले बढेको छ भनेआर्थिक अंकमा पनि यो परिमाण ठूलो बन्दै गएको छ। उहाँले भन्नुभयो,’गत वर्ष सन् २०१९ मा तिब्बतको नेपाल निर्यात परिमाण ३.०३९ बिलियन युआन पुगेको छ भने वार्षिक वृद्धि पनि २० प्रतिशतले बढेको देखिन्छ।’

नेपाल र तिब्बतबीचकोआयात निर्यात सडक यातायातमा निर्भर छ। केरूङ नाकाबाटआयात निर्यात २.८६८ बिलियन युआन छ । त्यस्तै खासा नाकाबाट भएकोआयात निर्यातको मात्रा लगभग १६५ मिलियन युआन छ। चान तुईका अनुसार नेपाल र तिब्बतका सीमा क्षेत्रका वासिन्दाबीचको सानातिना मालसामानको व्यापारिकआदानप्रदानआपसी व्यापारको प्रमुख शक्ति बनेको छ। उहाँका अनुसार पछिल्ला वर्षहरूमा दुईपक्षीयआयात निर्यात वस्तुहरूको स्थिति र व्यापार शैली स्थिर रूपमा रहेको छ। तिब्बतले नेपालबाट मुख्यतया तामाका मूर्तिहरू,गरगहनाहरू,लत्ताकपडा र अन्य परम्परागत हस्तकलाका सामग्रीहरू आयात गर्ने कान्तिपुर अनलाइनले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!