Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

नेपाल वायुसेवा निगमले विदेशबाट १८ हजार नेपालीलाई ल्यायो घर


नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ। नेपाल एयरलाइन्सका अनुसार शुक्रबारसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र कुल ९६ वटा उडान गरेको छ। ती उडानबाट १८ हजार २ सय ३२ जना नेपाली घर फर्किएका छन्। निगमसँग अहिले चार जहाज अन्तर्राष्ट्रिय उडानमा छन्। त्यसमध्ये २७४ सीट क्षमताको दुई र १५८ सीट क्षमताका दुई जहाज उद्धार उडानमा लगाइएको अनलाइन खबरले लेखेको छ।

सरकारले १ असारबाट नेपालीको उद्धारका लागि उडान शुरु गरेको थियो। यो अवधिमा करिब ५० हजार ५ सयभन्दा बढी नेपाली घर आएका छन्। यसमा करिब एक दर्जन एयरलाइन्सबाट उडान भएको छ। नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स उद्धार उडानमा खटिएका थिए। श्री एयरलाइन्स र बुद्ध एयरले समेत चार्टर्ड उडान गरेका छन्।

नेपाल एयरलाइन्सले नेपालीको उद्धार शुरु हुनु अगाडि विभिनन ३० वटा चार्टर्ड उडान गरेको थियो। त्यसमध्ये ९ वटा कार्गो उडान भएका भएका थिए। २१ वटा उडान भने यात्रु बोक्नका लागि चार्टर्ड भएको थियो। त्यस समय अष्टे«लिया र जापानसम्म उडान भएका थिए। ती उडानबाट भने नेपालमा अड्किएका विदेशी नागरिक नागरिक आफ्नो मुलुक फर्किएका थिए।

Insert your Ads code here

नेपाल एयरलाइन्सले अहिलेसम्म नेपाली र विदेशी नागरिकको उद्धार र कार्गो उडानका दौरान कुल १२७ वटा उडान गरिसकेको छ। यी उडानबाट भएको आम्दानीको कुल हिसाव भने सार्वजनिक गरेको छैन। नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले कुल आम्दानी भने टिकटसँग भिडाएर हेर्नु पर्ने भएकाले केही समय लाग्ने जानकारी दिनुभयो। नेपाल एयरलाइन्सले नेपालीको उद्धारका क्रममा भने भाडादर नै सार्वजनिक गरेको थियो। सोही भाडादरका आधारमा नेपाल एयरलाइन्सले उद्धार उडानका दौरान बोकेका कुल १८ हजार भन्दा बढी यात्रुबाट ८५ करोड ९ लाख रुपैयाँ (अनुमानित) आम्दानी गर्न सकेको छ। यो विदेशीको उद्धार र कार्गो उडानभन्दा बाहेकको आम्दानी हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!