ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ। ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निरिक्षणका क्रममा मंगलबार खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडाको रभुँवामा आयोजित कार्यक्रममा ऊर्जामन्त्री पुनले आगामी वर्षदेखि नेपालले छिमेकी देशबाट विजुली ल्याएर बाल्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो।
देशका विभिन्न स्थानमा साना तथा ठूला किसिमका जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेकाले नेपाल यस आर्थिक वर्षको अन्त्यबाटै विद्युत निर्यात गर्ने अवस्थामा पुग्ने मन्त्री पुनले दाबी गर्नुभयो।
मन्त्री पुनले आगामी पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको संकल्प पूरा गर्नेगरी काम भइरहेको उल्लेख गर्नुभयो। उहाँले यस वर्ष तराई, मधेस र सहरी क्षेत्रका ४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषणाको तयारी गरिएको बताउनुभयो। आगामी दुई वर्षभित्र खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायतका पहाडी जिल्लाका घर–घरमा उज्यालो पु-याउने पुनको भनाई थियो। मन्त्री पुनले मध्यम वर्गीय परिवारलाई सस्तोमा विद्युतीय चुल्हो र १० युनिटभन्दा कम विद्युत खपत गर्ने १० लाख परिवारलाई निःशुल्क विद्युत उपलव्ध गराउने तयारी भइरहेको बताउनुभयो।
Insert your Ads code here
ऊर्जामन्त्री पुनले दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा स्थानीय जनताले पनि लगानी गर्ने वातावरण बनाउने बताएको नागरिकन्यूज डटकममा खबर छ।