Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल विद्युत प्राधिकरणले सवा चार खर्ब लगानी गर्ने


नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४ खर्ब २६ अर्ब ८१ करोड लगानी गर्ने गरी कर्पोरेट विकास योजना तयार पारेको छ। विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा ऋण र स्वलगानी (इक्विटी) मार्फत यतिधेरै लगानी गर्ने उल्लेख गरेको कारोबार अनलाइनले लेखेको छ। नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४ खर्ब २६ अर्ब ८१ करोड लगानी गर्ने गरी कर्पोरेट विकास योजना तयार पारेको छ। विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा ऋण र स्वलगानी (इक्विटी) मार्फत यतिधेरै लगानी गर्ने उल्लेख छ।

चालू आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मको योजनामा विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत लगानी बढाउँदै जाने उल्लेख छ। चालू वर्षमा विद्युत् प्राधिकरणमार्फत विद्युत् उत्पादनका लागि ६ अर्ब ९१ करोड ९० लाख, २०७७-७८ सालमा ६ अर्ब ७७ करोड ७८ लाख र २०७८-७९ मा ३ अर्ब ८५ करोड ४० लाख लगानी गर्ने भएपनि त्यसपछि भने कुनै लगानी गर्ने छैन। सहायक कम्पनीमार्फत गर्ने लगानी भने बढाउँदै लैजाने प्राधिकरणको योजना छ। चालू वर्षमा ६ अर्ब ६० करोड ७० लाख लगानी गर्ने योजना बनाएको प्राधिकरणले २०७७-७८ सालमा २१ अर्ब ४२ करोड ३० लाख, २०७८-७९ मा २२ अर्ब ८५ करोड ३० लाख, २०७९-८० सालमा २८ अर्ब ३१ करोड ४० लाख र २०८०-८१ मा ३७ अर्ब २८ करोड १० लाख पु-याउने लक्ष्य छ। प्राधिकरणको तथ्यांक अनुसार, पाँच वर्षभित्र उत्पादनका लागि १७ अर्ब ५५ करोड खर्च गर्ने लक्ष्य राखेको प्राधिकरणले सहायक कम्पनीमार्फत भने १ खर्ब १६ अर्ब ४७ करोड ८० लाख लगानी गर्नेछ। तथ्यांकले विद्युत् प्राधिकरण उत्पादनभन्दा पनि लगानीकर्ताहरूको अघि बढ्न लागेको देखाएको छ।

प्राधिकरणको योजनाअनुसार प्राधिकरणले पाँच वर्षभित्र प्रशारणका लागि १ खर्ब ५५ अर्ब ७० करोड ६० लाख, वितरणका लागि १ खर्ब ३४ अर्ब ५४ करोड ९० लाख तथा कर्पोरेटका लागि २ अर्ब ५५ करोड ३० लाख लगानी गर्ने योजना बनाएको छ। प्राधिकरण आवश्यक लगानीमध्ये विद्युत् प्राधिकरणको आन्तरिक राजस्वबाट ५० अर्ब ८५ करोड ४० लाख, ऋणबाट २ खर्ब ५९ अर्ब ९५ करोड ३० लाख तथा सरकारबाट १ खर्ब १६ अर्ब ७० लाख लगानी हुनुपर्ने योजना बनाएको छ। प्राधिकरणको योजनाले चालू वर्षमा ७० अर्ब १० करोड ५० लाख, २०७७-७८ सालमा १ खर्ब २ अर्ब ६२ लाख, २०७८-७९ मा ८६ अर्ब ६२ करोड ६० लाख, २०७९-८० मा ८४ अर्ब ४२ करोड २० लाख तथा २०८०-०८१ सालमा ८३ अर्ब ४ करोड २० लाख लगानी आवश्यक रहेको देखाएको छ। योजनामा ५ हजार मेगावाट बराबरको विद्युत् आदानप्रदानका लागि वितरण प्रणाली बनाउने, ५ हजार १ सय मेगावाट बराबरको उत्पादन पुर्याउने, प्रतिव्यक्ति विद्युत् खपत ७ सय युनिट पु-याउने योजना छ। प्राधिकरणले पाँच वर्षभित्र ४९ अर्ब बराबरको विद्युत् विक्री गर्ने लक्ष्य समेत राखेको छ।

Insert your Ads code here

विद्युत् उत्पादन पाँच वर्षभित्र पु-याउन सम्भव भएपनि जलाशयुक्त आयोजनाहरू निर्माण गर्ने योजना भने पूरा हुन भने कठिन देखिएको छ। प्राधिकरण सहायक कम्पनी बनाएर अर्ध जलाशय तथा जलाशययुक्त आयोजनाहरू पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ। प्राधिकरणले दूधकोशी लगायतका जलाशययुक्त आयोजना अघि बढाउन लागेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!