संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधैं विश्वमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको बताउनुभएको हो। उहाँले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पुर्याउने बताउनुभयो।
मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्यक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवर्द्धनमा समेत सहयोग पुर्याउने बताउनुभएको थियो।
Insert your Ads code here
उहाँले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले अन्तर्राट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिनुभयो। सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनीको प्रवर्द्धनमा सहयोग पु¥याउने बताएकाे नागरिक खबरले लेखेको छ।