Loading... आजः मंगलबार , माघ १, २०८१

नेपाल सहित दक्षिण एसियाली बालबालिका कोरोनाका कारण प्रभावित हुने


कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसंघीय निकाय यूनिसेफले मंगलबार सार्वजनिक कोरोना भाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा उल्लेख गरिएको छ।

उच्च जनघनत्व रहेको यो क्षेत्र, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ, मा पछिल्ला दिनहरूमा संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनलाई नराम्रोसँग प्रभावित अर्थतन्त्र सुधारका लागि भनी खुकुलो पारिएको छ तर संक्रमण फैलिने क्रम रोकिएको छैन।महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावसँगै यहाँका करोडौँ बालबालिकाको अवस्था गरिबीतर्फ धकेलिएको रिपोर्टमा उल्लेख भएको सेतोपाटीले लेखेको छ।

‘एशियामा रहेका ती बालबालिकाहरू भाइरसमा मात्र कम संवेदनशील हुनसक्ने भएपनि महामारीका कारा अर्थतन्त्रमा परेको प्रभावका कारण व्यापक असर परिरहेको छ,’ संयुक्त राष्ट्रसंघ बाल अधिकार निकाय यूनिसेफले बताएको छ।

Insert your Ads code here

एशियाली आठ मुलुकहरू भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भूटान समावेश रहेको दक्षिण एशियामा करिब ६० करोड बालबालिका रहेकोमा झण्डै दुई करोड ४० लाख गरीबीका बीच बाँचिरहेका यूनिसेफले बताएको छ।’अब तत्काल सुधारको प्रयास नथालिएमा कोभिड–१९ ले प्रभावित सम्पूर्ण जनसङ्ख्याको आशा र भविष्यलाई बर्वादीतर्फ धकेल्नेछ,’ यूनिसेफका दक्षिण एशिया क्षेत्रीय निर्देशक जाँ गोफले जारी विज्ञप्तिमा उल्लेख छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!