Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपाल सेनाले चीनबाट थप १८ टन स्वास्थ्य सामग्री ल्यायो


चीनमा खरिद गरिएको स्वास्थ्य सामाग्री नेपाली सेनाले नेपाल एयरलाइन्सको वाइडबडीमार्फत नेपाल ल्याएको छ। मङ्गलबार बिहान नेपाली सेनाले चीनबाट खरिद गरेको मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। पाण्डेले नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत पिसिआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्स् यो चरणमा नेपाल ल्याएको बताउनुभयो। यसअघि पहिलो चरणमा सेनाले वैशाखमा नौ टन स्वास्थ्य सामाग्री ल्याएको पाण्डेले जानकारी दिनुभयो।

‘चीनको क्वाङ्चौबाट २२, २४ र २५ वैशाखमा सेनाको सामान बोकेको कन्टेनरले शनिबारमात्रै नौ टन स्वास्थ्य सामग्री काठमाडौँ ल्याइसकेको छ’ पाण्डेले भन्नुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!