Loading... आजः शनिबार , श्रावण १२, २०८१

नौजना भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल प्रवेश


पोशाकमै नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सामान्य सोधपुछपछि छाडिएको छ। भारतको उत्तर प्रदेशस्थित बहराइज थानाका नौजना सुरक्षाकर्मी पोशाकसहित बुधबार दिउँसो कैलालीको चिसापानीमा प्रवेश गरेका थिए।

उनीहरूलाई सामान्य सोधपुछपछि छाडिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटीले थाहासञ्चारलाई जानकारी दिए। उनीहरूले भ्रमण वर्षको अवसरमा कणार्ली पुल घुमघामका लागि आएको बताएपछि छाडिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए।

खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल आउने र आफ्ना व्यक्तिगत कामकारबाही तथा गतिविधी गरेर फर्कने गरेका छन्। भारतीय सुरक्षाकर्मी पोशाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नियम छ थाहा खबरले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!