कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५१ जना पुगेको छ। पछिल्लो २६ घण्टामा ६ महिला र ६ पुरुष गरी १२ जनाको मृत्यु भएसँगै मृत्यु हुेको संख्या २ सय ५१ पुगेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार चितवनमा ५५ र १८ वर्षीया, काठमाडौंमा ८९ वर्षीया, ललितपुरमा ७०, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षीया महिलाको मृत्यु भएको हो।
यसैगरी बारामा ९७ वर्षीय, चितवनमा ६५, भक्तपुरमा ४०, काठमाडौंमा ७० र ७५ वर्षीय तथा धादिङमा ४७ वर्षीय पुरुषको निधन भएको छ।
Insert your Ads code here
नेपालमा संक्रमितमध्ये मृत्यु हुनेको प्रतिशत शुन्य दशमलव ६ रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।