Loading... आजः शनिबार , श्रावण १२, २०८१

पञ्चायतहरूलाई बीडीओ-को अधिनमा राखिन्छ भने- प्रवक्ता दर्नाल


जनताको सेवा गर्न पठाएकाहरूले आफूलाई मालिक घोषणा गर्नु राजतन्त्रवाद तिर जाने पाइला हो- प्रवक्ता खरेल
गान्तोक, 21 मई। सिक्किम सरकारले राज्यका पञ्चायतहरूलाई जनप्रतिनिधि भएरपनि उनीहरूको प्रजातान्त्रिक अधिकारलाई मास्दै सरकारी कर्मचारी बीडीओ-को अधिनमा ल्याएर काम गराउने जारी गरेको अधिसूचनाले सिक्किमको प्रजातान्त्रिक व्यवस्थालाई नोकरसाहीकरण गरिएको गम्भीर आरोप विपक्षी दिल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले लगाएको छ। एसडीएफ प्रवक्ता जेबी दर्नालले पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सरकारले गत 15 मईको दिन जारी गरेको उक्त अधिसूचना तुरन्तै खारेज गर्नुपर्ने माग गरेको छ।
प्रवक्ता दर्नालले ग्रामीण प्रबन्धन विकास विभागद्वारा जारी उक्त अधिसूचनाले पञ्चायतहरूलाई गरीब जनताको सेवा गर्न उनीहरूको प्रतिनिधि भएको नाताले गर्नुपर्ने काम गर्नबाट वञ्चित राख्दै क्षमता विकेन्द्रिकरण गर्नुको साटो क्षमता केन्द्रिकरण गरेर प्रजातन्त्रको दुरुपयोग गरिएको आरोप लगाए। यसरी नै उनले सरकारले यस प्रकारको निर्णय गरेकोले गर्दा गरीब जनता जसले आफ्नो प्रतिनिधिलाई सहीरूपमा प्रतिनिधित्व गर्नबाट प्रजातन्त्रले दिएको अधिकार मास्ने बताए। उनले भने, पञ्चायतहरूलाई बीडीओ हरूको अधिनमा राखिन्छ भने मुख्यसचिवको अधिनमा मुख्यमन्त्री र मन्त्रीहरूले पनि काम गर्दा भयो। यसरी सरकारी कर्मचारीहरूले जन प्रतिनिधिको अधिकार हनन गर्ने भएकोले एसडीएफ पार्टीले सरकारको यस्तो निर्णयलाई भर्त्सना जनाउने बताए। अर्कोतिर राज्य सरकारले आज भाइरल रिसर्च एण्ड डागोनेष्टिक ल्याबको उद्घाटन गरेको विषयमा एसडीएफ पार्टीको तर्फबाट बधाई दिए भने यसको निम्ति सिक्किमे जनता, विपक्षी दल र राज्यपाललाई आभार प्रकट गर्ने उनले जानकारी दिए।
यसरी नै एसडीएफका अर्का प्रवक्ता कृष्ण खरेलले वर्तमान सरकार अधिनायकवादी सरकार बन्न थालेको हुनाले अब प्रजातान्त्रिक सरकार नभनेर स्वयंलाई राजा घोषित गर्नु भन्ने सुझाउ दिँदै सरकारले अहिले आफ्नो कानुन र नियम केवल जनतालाई मात्र लागू गरेर साँच्चै राजा भएको पुष्टी गरेको बताए। उनले राज्य सरकारले मन्त्री परिषदको वैठक बसेर महामारीको समयमा कुनै पनि सरकारी नोकरीमा नियुक्ति नदिने निर्णय गरेको नीतिलाई स्वयं सरकारकै सल्लाहकार रहेका नेताको छोरोलाई सरकारी नियुक्ति दिएर राजालाई कानुन नलाग्ने प्रजालाई मात्र लाग्ने अधिनायकवादी भएको स्पष्ट उदाहरण रहेको बताए। उनले मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टीएन ढकालको छोरो राजेन्द्र ढकाललाई अतिरिक्त विज्ञान अधिकारीकोरूपमे सराकरले कुनै नियुक्त निदिने निर्णय गरे लगत्तै नियुक्ति दिनु भनेको प्रजातन्त्र सकेर सिक्किममा अधिनायकवाद स्थापित गरेको आरोप लगाए। उनले यस्तो कार्यले जनताले प्रजातन्त्रको रक्षा गर्न र सत्ताका मालिक जनताको सुरक्षा र सेवा गर्न पठाएकाहरूले आफूलाई मालिक घोषणा गर्नु राजतन्त्रवाद तिर जाने एउटा पाइला हो र प्रजातन्त्रको हत्या गर्ने कुटिल षड्यन्त्र हो भन्दै जनतालाई आफ्नो भूल स्वीकार गरेर माफीमाग्नु पर्ने र प्रजातन्त्रमा सबै समान हुन भन्ने समानताको हक अधिकार सुनिश्चित गर्नुपर्ने एसडीएफ पार्टीको अडान रहेको बताए।
यसरी नै एसडीएफका अर्का प्रवक्ता असित राईले राज्यमा वाक् स्वतन्त्रता हरण भएको र जनताको पक्षमा आवाज उठाउने प्रत्येकको विरुद्ध कार्वाही भइरहेको आरोप लगाए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!