Loading... आजः आइतबार , बैशाख १४, २०८२

पढ्नुहाेस् अफ्रिकाकाे दर्दनाक MCC अनुदान कथा


— भरत दाहाल

म्याडागास्कर, माली, घाना, मोजाम्बीक र बेनीनमा के गर्यो MCC ले?

म्याडागास्करको कृषियोग्य जमिन कोरीयन र ईण्डियन कम्पनीलाई बेच्यो। मालीमा आफूले अधिग्रहण गरेको क्षेत्रका किसानहरुबाट कूल मूल्यको १ प्रतिसत पनि मूल्य नदिएर खोस्यो र त्यसलाई टुक्राटुक्रा बनाएर विदेशीहरूलाइ बेच्यो। घानामा पनि मालीमा गरे जस्तै जमिन खोसेर बृक्षारोपण गर्यो र त्यहाँका उद्योगहरुमा विदेशीहरुको नियन्त्रण बनायो। मोजाम्बिकमा स्थानिय किसानहरुको जमिन खोसेर विदेशी कुलिनहरुका हातमा बिक्रि गर्यो। बेनीनमा पनि यस्तै भयो।

Insert your Ads code here

जहाँ जहाँ MCC पसेको छ, ती सबै अफ्रिकी देशका स्थानियहरुले आफ्नो हातबाट जमिन गुमाएका छन् र जमिन सबै विदेशीहरुले खरिद गरेका छन्। कृषिको विकासका नाममा जमिन खोस्ने यो अभियान MCC पसेका प्रत्येक देशहरुले भोगिरहेका छन्। म्याडागास्करमा MCC लाई भित्र्याउने कुतत्वहरुको सत्ता उल्टाएर MCC संगको संझौता रद्द गरेर लखेटिएको छ। नेपालमा पनि माफिया एजेन्ट र साम्राज्यवादका सुराकीहरुले गर्न खोजेको यही हो। अमेरीकाले MCC लाई अघि सारेर देश कब्जा गर्ने र आफ्नो सैन्य गतिविधि अघि बढाउने रणनीतिमा काम गरिरहेकाे छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!