Loading... आजः मंगलबार , आश्विन १, २०८१

पत्रकार तिमिल्सेनालाई रक्त क्यान्सर, सहयोगका लागि अपिल


दुई दशकदेखि पत्रकारितामा कृयाशील पत्रकार मातृकाप्रसाद उपाध्याय (तिमिल्सेना) लाई रक्तक्यान्सर भएको छ । उहाँको सिभिल असपताल काठमाडौमा उपचार भैरहेको छ ।
राजधानी दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका पत्रकार तिमिल्सेनाले रेडियो नेपालको सवाददाता भएर पनि काम गर्नुभएको थियो । टीकापुरबाट प्रकाशित भैरहेको टीकापुर दैनिक धनगढीबाट प्रकाशन भैरहेको सुदुर सन्देश दैनिकमा काम गरिसक्नुभएको छ । सामुदायिक रेडियो टीकापुर एफएमको प्रवन्ध निर्देशक भइसक्नु भएका पत्रकार तिमिल्सेना टीकापुरबाट प्रकाशन हुने कैलाली हटलाइन दैनिकको सम्पादक र पछिल्लो समय खप्तड खबर डट कम सञ्चालन गर्नु भएको छ ।
दुई वर्ष अघि घाँटीको शल्यक्रिया गरेका तिमिल्सेना यसपटक रक्त क्यान्सरबाट पीडित भएपछि स्वास्थ्य र आर्थिक गरी दुईवटा समस्यासंग एकसाथ लडिरहनु भएको छ ।  चिकित्सकको भनाई अनुसार अबको छ महिना निरन्तर उपचार गर्नुपर्ने भएको छ । उपचार पद्धतिसमेत खर्चिलो भई उहाँको आर्थिक अवस्थाले मात्रै उपचार सभव नभएकाले आर्थिक सहयोग आवश्यक परेको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपशचिम प्रदेश समितिका महासचिव योगेश रावलले कोरोनाका कारण मिडियाको अवस्था धरासायी भएको बेला पत्रकार गम्भिर बिरामी हुँदा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । टीकापुर दैनिकका समपादक भुवनेशवर अधिकारी यस्तो समस्या परेका बेला बिरामीको मनोबल बढाउन र आर्थिक सहयोग गर्न आवश्यक रहेको बताउनुहुन्छ । सञ्चारकर्मी समूह टीकापुरका अध्यक्ष दीपकबहदुर थापा सहयोग गर्न चाहाने सघ संस्था वा व्यक्तिले पत्रकार मातृकाप्रसाद उपाध्यायको नाममा सानिमा विकास बैकमा रहेको खाता नं ०५५०११०६००००१३७ मा सहयोग गर्न सकिने बताउहुन्छ ।
रक्त क्यान्सरसग लडिरहेका पत्रकार तिमिल्सेनाले फेसबुकमा स्टाटस लेख्नुभएको छः बर्तमानको यात्रा त्यन्तै कष्टकर छ तर पछिको उज्यालो पछ्याउने प्रयास गरिरहेको छु केवल तपाईहरुको साथ र हौसलालाको सहाराले … ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!