पछिल्लो समय इन्टरनेटको बढ्दो प्रयोग सँगै बालबालिकाहरु विभिन्न गेमको कुलतमा फसेका छन्।
Insert your Ads code here
अनलाइन गेमको कुलतमा फसेका बालबालिकामा मानसिक समस्या, पढाइ बिग्रेको लगायतका समस्या बढेको गुनासो आइरहेको छ।
यो बिषय आज प्रतिनिधिसभा बैठकमा पनि उठेको छ। सांसद आशाकुमारी बिकले बालबालिकाको भविष्य बिग्रिरहेकाले यस्ता गेममाथि प्रतिबन्ध लगाउन र नेपालमा चल्नै नदिन सरकारसँग आग्रह गरेकी छिन्।
उनले भनिन्, ‘कोरोना कहरले थलिएको देशका बालबालिका र किशोर-किशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ। इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फायर जस्ता गेमको लतमा बालबालिका परेका छन्। उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन्। पछि गएर मानसिक रोगी बन्न सक्छन्। त्यसैले अनलाइन गेम बन्द गरियोस्।’
सरकारले तत्काल यस्ता गेम बन्द नगरे अभिभावकहरु अदालतमा मुद्धा हाल्न जाने समेत उनले बताइन्।
अहिले यो समस्या सामान्य लागेपनि पछि मानसिक अस्पतालमा ठाँउ नपाउने स्थिती आउने उनले चेतावनी दिइन्।